गृहपृष्ठ ∕ घुमफिर ∕ सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा admin मंसीर ४, २०७५ गते ७:४२ मा प्रकाशित काठमाडौं – भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नति र भन्सार नाकामा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका छन्। सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए।नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार भारतमा भएको भेटमा यस्तो प्रतिबद्धता जनाएका हुन्। उत्तर प्रदेश र नेपालबीचका सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको उनले बताए। योगीले भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म आफैं पुगेर त्यहाँ भइरहेको विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्ने बताएका छन्। नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा विकास तथा विस्तार गर्नुपर्ने बताए।भेटघाटमा महासंघकी अध्यक्ष राणाले दुई मुुलुकबीचका भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गरिन्। उनले नेपालका धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा सघाउन आग्रह गरिन्। ‘नेपालको आर्थिक समृद्धिमा भारत सदैव नजिकबाट जोडिएको छ,’ योगीसँगको भेटमा राणाले भनिन्, ‘दुई मुलुकबीच व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदानप्रदान हुन आवश्यक छ।’उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाबीच भेटवार्तानेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा उत्तर प्रदेश सरकारलाई सहयोग गर्न अध्यक्ष राणाले आग्रह गरिन्। नेपालले सन् २०१९ को मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमा आउन र लगानीमा प्रोत्साहन गर्न उनले आह्वानसमेत गरिन्। दुई मुलुकबीच प्रसारण लाइन, क्षेत्रीय पूर्वाधार, विवाद समाधान संयन्त्र, ऊर्जा सहकार्य जस्ता क्षेत्रमा तत्कालै सहकार्य हुनु पर्नेमा जोड दिएकी थिइन्। महासंघ अध्यक्ष राणाको नेतृत्वमा १८ सदस्यीय प्रतिनिधि मण्डलले मुख्यमन्त्री योगीसँग भेटवार्ता गरेको हो। भेटमा उद्योग वाणिज्य संघका प्रदेश तथा जिल्ला अध्यक्षको पनि सहभागिता थियो।क्याटेगोरी : घुमफिर, विशेष रिपोर्ट, स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न