गृहपृष्ठ ∕ खेलकुद ∕ ३६ वर्षपछि विश्वकप खेल्दै क्यानडा ३६ वर्षपछि विश्वकप खेल्दै क्यानडा दीप संञ्चार चैत्र १४, २०७८ गते ९:०७ मा प्रकाशित काठमाडौं-जमैकालाई सोमबार राति ४-० अन्तरले पराजित गर्दै क्यानडाले कतार विश्वकप २०२२ मा स्थान सुरक्षित गरेको छ ।कन्काकाफ छनोटमा जमैकामाथिको जितसँगै क्यानडाले ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो । गत साता कोस्टाकारिकासँग १-० ले पराजित भएसँगै क्यानडाको विश्वकप यात्रा लम्बिएको थियो ।शीर्ष स्थानको क्यानडाको १३ खेलमा २८ अंक रह्यो । समान खेलमा दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको समान २५ अंक छसन् १९८६ को मेक्सिको विश्वकपपछि क्यानडाले छनोट चरण पार गर्न सकेको थिएन । क्यानडाले सो विश्वकपमा समूह चरणको तीन वटै खेल गुमाएको थियो ।बुधबार पानामाविरुद्ध हुने खेलमा एक अंक मात्र बटुलेमा पनि क्यानडाले छनोटको शीर्ष स्थान पक्का गर्नेछ ।१३औं मिनेटमा काइल लारेनको गोलमा क्यानडाले अग्रता लिएको थियो । ४४औं मिनेटमा ताजोन बुचाननले गरेको गोलमा क्यानडाले अग्रता दोब्बर पारेका थियो ।८३औं मिनेटमा जुनियर होइलेटले क्यानडाको अग्रता ३-० मा पुर्याएका थिए । खेल सकिन दुई मिनेट बाँकी हुँदा जमैकाका एड्रियान मारिप्पाको आत्मघाती गोलमा क्यानडाले सहज जित पक्का गरेको थियो ।कन्काकाफबाट शीर्ष तीन टोलीले स्वतः कतार विश्वकपको टिकट काट्ने छन् । दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको मेक्सिकोले पनि छनोट सम्भावना बलियो पारेका छन् ।सोमबार नै सम्पन्न अन्य खेलमा अमेरिकाले पानामामाथि ५-१ ले पराजित गर्दा मेक्सिकोले होन्डुरसलाई १-० ले निराश बनायो ।क्याटेगोरी : खेलकुदट्याग : #विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा