रुसले फिर्ता लियो प्रतिबन्धविरुद्धको अपिल

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लिएको छ । रसियन फुटबल फेडेरेसनले प्रतिबन्धविरुद्धको अपिल फिर्ता लिएको हो । युक्रेनमा आक्रमण गरेपछि फिफाले रुसमाथि प्रतिबन्ध गरेको थियो ।
फिफाको प्रतिबन्धसँगै रुसले विश्वकपबाट बाहिरिएको थियो । पोल्याण्डविरुद्धको प्ले अफ खेलमा रुस प्रतिबन्धमा पर्दा पोल्यान्ड विश्वकपमा छनोट भएको थियो । रुसले फिफाको प्रतिबन्धविरुद्धको अपिल फिर्ता लिएपनि अन्य खेलकुद प्रतियोगिताहरूबाट प्रतिबन्धको अपिल भने फिर्ता लिएको छैन् ।
युरोपेली क्लबको प्रतियोगितामा सहभागिता जनाउने विषयमा भने रुसले अपिल गरेको छ । यूईएफएले रुसी महिला राष्ट्रिय टोलीलाई इङ्ल्यान्डमा हुने युरो २०२२ मा प्रतिस्पर्धा गर्नबाट पनि प्रतिबन्ध लगाएको छ । अन्य देशहरुले रसियाविरुद्ध खेल्न नमानेपछि रसियालाई प्रतिबन्ध लगाएको हो । रुसले अन्तर्राष्ट्रिय जिम्न्यास्टिक, रग्बी, रोइङ् र स्केटिङ प्रतियोगिताहरुबाट आफ्नो प्रतिबन्ध खारेज गर्न अपील गरेको छ ।बीबीसी
क्याटेगोरी : खेलकुद
ट्याग : #रसियन फुटबल फेडेरेसन
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
ताजा अपडेट
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस