गृहपृष्ठ ∕ खेलकुद ∕ पहिलो अभ्यास खेलमै नेपाल पराजित पहिलो अभ्यास खेलमै नेपाल पराजित दीप संञ्चार जेठ २०, २०७९ गते ८:०७ मा प्रकाशित अमेरिका भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ ।बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।अल स्टार्सको जितमा विपुल शर्माले ५० र गौरव बजाजले अविजित ४० रन जोडे । विपुलले ५१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दा गौरवले ५८ बलमा दुई चौका प्रहार गरे । विपुल र गौरवले छैटौं विकेटका लागि ८३ रनको साझेदारीसहित अल स्टार्सलाई सहज जित दिलाएका थिए । नेपालका कप्तान सन्दिप लामिछानेले १० ओभरमा ४९ रन खर्चिदै पाँच विकेट लिए ।यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९० रनको योगफल तयार पारेको थियो । नेपालका आरिफ शेखले ७४ बलमा पाँच चौका मद्दतमा ६० जोडे ।नेपालले त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा जेठ २६ गते ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र असार १ मा अमेरिकाको सामना गर्नेछ ।क्याटेगोरी : खेलकुदट्याग : #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न