गृहपृष्ठ ∕ खेलकुद ∕ आईसीसी यू–१९ महिला टी–ट्वान्टी : भुटानमाथि नेपालको सहज जित आईसीसी यू–१९ महिला टी–ट्वान्टी : भुटानमाथि नेपालको सहज जित दीप संञ्चार जेठ २३, २०७९ गते १४:५६ मा प्रकाशित आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार भुटानलाई ४ विकेटले पराजित गरेको हो । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।नेपालको जितमा सानु राजवंशीले अविजित रहदै सर्वाधिक ३० रनको योगदान गरिन् । साना प्रविनले १२ रन जोड्दा सृष्टि जैसीले ८ रन तथा आश्मा पुलामीमगर ३ रनको योगदान गरिन् । भुटानका सांगे वाङ्मोले तीन तथा अन्जुली घली र सोनमले एक–एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाईन् । पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन ।नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले दुई–दुई विकेट लिए । जितसँगै नेपालले ३ खेलमा ४ अंक जोडेको छ । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । भुटानको यो लगातार तेस्रो हार हो । अंक विहीन भुटान पुछारमा रहेको छ ।अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ । क्याटेगोरी : खेलकुदट्याग : #यू–१९ महिला टी–ट्वान्टी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा