दोहामा हुने विश्वकप प्रतियोगताका कारण कतार हवाई सेवामा कटौती,टिकट महँगो पर्ने सम्भावना

कतार हवाई प्रतिष्ठान (एयरलाइन्स)ले दोहामा हुने विश्वकप भकुण्डो प्रतियोगिताको कारण सेवामा कटौती गरेकोले यात्रीहरुलाई टिकट महँगो पर्ने भएको छ । नेपालीहरुको महान चाड दशैं र तिहारको लागि अग्रिम रुपमा छिट्टै टिकट खरिद गर्दा नेपाली समुदायलाई लाभ हुने जेन ट्राभल्सका संचालकले बताए ।
उनले आफ्ना ग्राहक तथा नेपाली समुदायको लागि सूचना समेत प्रकाशित गरेको जनाए ।
जेन ट्राभल्सले अमेरिकाबाट नेपाल जाने सीमित संख्यामा मात्रै वायुसेवा उडान भर्ने भएकोले नेपालीहरुको महान चाड चाँडै दशैं र तिहारको लागि टिकट छिट्टै किन्न समेत सिफारिस गरेको छ ।
साथै बाहिर उडान गर्न सस्तो मितिहरू आगामी सेप्टेम्बर र अक्टोबरमा पर्ने समेत उनले बताए । काठमाडौंमा सीमित संख्यामा मात्रै वायुसेवा प्रतिष्ठानहरुले उडान भर्ने र चाडपर्वका लागि स्थान(सिट)को ठूलो अभाव हुने भएकोले यस वर्ष भाडा बढ्ने अनुमान गरिएको छ ।
कतार हवाई प्रतिष्ठान (एयरलाइन्स)ले अमेरिकाबाट नेपाल सम्म सबैभन्दा बढी यात्रु ओसारपसार गर्छ । नोभेम्बर र डिसेम्बरमा दोहामा हुने विश्वकपका कारण नेपालका लागि सेवामा कटौती गरिएको छ।
सामान्यतया काठमाडौंका लागि तय हुने उडानलाई बढी आकर्षक र लाभदायक मार्गमा तोकिएको छ । दोहाबाट काठमाडौ दैनिक ४ उडान गर्नुको सट्टा संख्या घटाएर १ मा झारेको छ । कम उडान भए पछि खरिद दर बढ्ने देखिएको छ ।
टिकट खरिद स्वयमले जेन ट्राभल्सबाट सिधै बिधुतिय प्रणालीबाट २४ सै घण्टा टिकट खरिद गर्न सकिने वा २०२ ५५२ १५०८ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, खेलकुद
ट्याग : #फिफा विश्वकप
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस