गृहपृष्ठ ∕ खेलकुद ∕ रेमिटेन्स प्रवाह सबन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न रेमिटेन्स प्रवाह सबन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न दीप संञ्चार असोज २९, २०७९ गते ९:२३ मा प्रकाशित कतारमा कार्यरत नेपाली कामदारहरुलाई मध्यनजर गर्दै १४ अक्टुबर २०२२ शुक्रबार औपचारिक माध्यमबाट रेमिटेन्स प्रवाह सबन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l नेपाली राजदुतावास कतारले आयोजना गरेको कार्यक्रमलाई एनआरएनए एनसिसि कतारले संयोजन गरेको थियो l कार्यक्रममा बोल्दै राजदुत ढकालले सुचना तथा जानकारीहरुलाई सामान्य श्रमिक सम्म पुर्याउन कतारमा स्थापित नेपाली संघ सस्था र सञ्चारका माध्यमहरुलाई आग्रह गरेका थिए l ढकालले हाल देशको आर्थिक वृद्धिमा रेमिटेन्स र बैदेशक रोजगारको ठुलो हिस्सा रहेको बताउदै रेमिटेन्सलाई औपचारिक माध्यम प्रयोग गरि थप जिम्वेवार नागरिक बन्न आग्रह गरेका थिए l कार्यक्रममा हिमालय बैक लिमिटेडका महाप्रबन्धक उज्याल राजभण्डारी र हिमाल रेमिटका प्रमुख युना श्रेष्ठ प्रमुख बक्ता रहेका थिए lअभिमुखीकरण कार्यक्रममा औपचारिक माध्यमबाट रेमिटेन्स पठाउदा मुलुकलाई बैदेशिक मुद्रा संचयमा सहयोग पुग्ने र व्यक्तिगत रुपमा बैकहरुबाट लिने बिभिन्न सुविधाहरु लिन सकिने जानकारी गराईएको थियो l अवैधानिकरुपमा हुण्डी मार्फत कारोबार गर्दा रकम असुरक्षीत हुने र सरकारले दिने सेवा सुबिधाबाट समेत बन्चित हुनुपर्ने बक्ताहरुले बताएका थिए l उपस्थितहरुले रेमिटेन्स सम्बन्धि जिज्ञासा राख्दै हाल रेमिटेन्स कम्पनीले लिदै आएको शुल्क घटाउन पर्ने, रेमिटेन्सकर्ताहरुलाई नेपाल सरकारले थप सेवा सुबिधा दिनुपर्ने सुझाब दिएका थिए l राष्ट्रियगानसंगै औपचारिकरुपमा सुरुभएको कार्यक्रमा नेपाली दुताबास कतारका उपप्रमुख लक्ष्मण खनालले शुभकामना मन्तव्य तथा कार्यक्रमबारे जानकारी गराएका थिए । कतारका लागी राजदुत डा. नरेश बिक्रम ढकालको सभापतित्व सम्पन्न कार्यक्रममा अतिथि एन सी सी कतारका अध्यक्ष मोहमद मुक्तादा मुसलमान रहेका थिए । नेपाली रेमिटेन्स कम्पनी तथा कतारमा स्थापित बिभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको कार्यक्रमको सहजीकरण दित्तिय सचिव भुवन भट्टले गरेका थिए lक्याटेगोरी : खेलकुदट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा