गृहपृष्ठ ∕ खेलकुद ∕ आईसीसी यू–१९ एसिया विश्वकप छनोट : मलेसियामाथि नेपालको शानदार जित आईसीसी यू–१९ एसिया विश्वकप छनोट : मलेसियामाथि नेपालको शानदार जित दीप संञ्चार फागुन १६, २०७९ गते १४:५९ मा प्रकाशित काठमाडौं । यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ ।यूएईस्थित मलेका क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो ।मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपालको जितमा ओपनर दीपक बोहरा २९ बलमा ८ चौकासहित ३८ र अर्जुन कुमाल २५ बलमा ३ चौकासहित अविजित २१ रन जोडे।यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५।३ ओभरमा ७२ रनमा अल आउट भएको थियो । दीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए।यस क्रममा उनले ४ विकेट लिन सफल भए भने अर्का तीव्र गतिका बलर आकाश चन्दले ३ विकेट लिन सफल भए।मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो भने तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #यू-१९ क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा