गृहपृष्ठ ∕ खेलकुद ∕ एकदिवसीय विश्वकप : अस्ट्रेलियाको पहिलो जित एकदिवसीय विश्वकप : अस्ट्रेलियाको पहिलो जित दीप संञ्चार असोज ३०, २०८० गते ७:५२ मा प्रकाशित अस्ट्रेलियाले जारी आइसीसी क्रिकेट विश्वकपमा पहिलो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले यस विश्वकपमा पहिलो जित हासिल गरेको हो ।श्रीलंकाले दिएको २१० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।अस्ट्रेलियाका लागि जोश इंगलिसले सर्बाधिक ५८ रन बनाएका थिए भने मिचेल मार्शले ५२ रन बनाएका थिए । त्यसैगरी मार्नस लाबुस्चागनेले ४०, ग्लेन म्याक्सवेलले अविजित ३१ रन बनाए भने मार्नोस स्टोइनिसले अविजित २० रन बनाएका थिए ।त्यसैगरी श्रीलंकाका बलर दिल्सान मधुशंकाले सर्बाधिक ३ विकेट लिएका थिए भने दुनिथ वेल्लालागेले एक विकेट लिएका थिए ।यसअघि पहिला ब्याटिंग गरेको श्रीलंका ४३.३ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो । एक समय २१५ रनको ओपनिंग साझेदारी गरेको श्रीलंका त्यसपछि सम्हालिन नसक्दा अल आउट भएको थियो ।श्रीलंकाका लागि पाथुम निसान्काले ६१ र कुसल परेराले ७८ रन बनाए भने चरिथ असलंकाले २५ रन बनाए । यी बाहेक श्रीलंकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।त्यसैगरी अस्ट्रेलियाका बलर एडम जाम्पाले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्क र कप्तान पाट कमिन्सले २/२ विकेट र ग्लेन म्याक्सवेलले एक लिएका थिए ।यो जितपछि अस्ट्रेलियाको ३ खेलमा २ अंक भएको छ । त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार तीन खेलमा हार बेहोरेको छ ।अब अस्ट्रेलियाले आगामी शुक्रबार पाकिस्तानसँग खेल्ने तालिका छ भने श्रीलंकाले शनिबार नेदरल्याण्डससँग खेल्ने छ ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न