गृहपृष्ठ ∕ खेलकुद ∕ नेपालको कमजोर प्रदर्शन, फेरि अर्को हार नेपालको कमजोर प्रदर्शन, फेरि अर्को हार दीप संञ्चार कात्तिक २३, २०७६ गते १७:०२ मा प्रकाशित काठमाडौँ । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग टी–२० क्रिकेटमा पनि लज्जासपद हार खेपेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा एमसीसीले नेपाललाई एक सय १३ रनले हरायो ।एमसीसीले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३.१ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटिएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए ।सन्दीप जोराले १६ र कुशल भुर्तेलले १४ रन बनाए । भिम सार्कीले १३ । कप्तान रोहित पौडेलले ६ रन बनाएका थिए । एमसीसीका एड योङले तीन विकेट लिए । ओलिभर हानन र एलेक्स थोम्पसनले दुई दुई विकेट लिएका थिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा सात विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ खेले । एड योङले ४२, मिल्स हाम्मोन्डले ३३ र एलेक्स थमप्सनले अविजित २० रन बनाए ।नेपालका राशिद खानले तीन विकेट लिए । कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहरा र सुशन भारीले एक एक विकेट लिए ।नेपाल भ्रमणका क्रममा एमसीसी टोलीले अब पोखरामा मुख्यमन्त्री ११ र कास्की आमन्त्रण ११ संग टी–२० खेल खेल्ने कार्यक्रम रहेको छ ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै