गृहपृष्ठ ∕ खेलकुद ∕ लाइपजिग तेस्रो स्थानमा लाइपजिग तेस्रो स्थानमा दीप संञ्चार जेठ २०, २०७७ गते ८:५५ मा प्रकाशित काठमाडौं – जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको एक मात्र खेलमा आरबी लाइपजिगले एफसी कोल्नलाई ४-२ ले पराजित गरेको छ ।सन् १९९५ यता पहिलो पटक बुण्डेसलिगा जुनमा खेलाइएको हो । अहिले कोरोनाभाइरस महामारीका कारण २ महिनाभन्दा बढी समय लिग स्थगित भएकोले जुनमा पनि जर्मन लिगको खेल खेलाइएको हो ।कोलोनमा भएको खेलमा घरेलु टोलीले जोन कोर्डोबाको गोलमार्फत सातौं मिनटमा पहिले अग्रता लिएको थियो ।२०औं मिनेटमा लाइपजिगका लागि प्याट्रिक सिकले बराबरी गोल फर्काए ।क्रिस्टोफर एनकानुले ३५ औं मिनेटमा गोल गर्दै लाइपजगिलाई पहिलो हाफमा २-१ अग्रता दिलाए ।दोस्रो हाफमा लाइपजगिले २ गोल गर्दा कोल्नले एक गोल गर्यो । सात मिनेटमा सबै तीन गोल भएको थियो ।५० औं मिनेटमा टिमो वेर्नलरे गोल गरेपछि लाइपजगिले ३-१ को अग्रता बनाएको थियो । वेर्नरको यो सिजन लिगमा २५औं गोल हो । २५ मध्ये यो उनको १५ औं अवे गोल हो ।५५औं मिनेटमा कोल्नका एन्टोनी मोडेस्टेले कोल्नका लागि गोल गरेपछि गोलअन्तरम कम भएको थियो । तर ५७औं मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइपजगिलाई ४-२ को जित दिलाए ।जितपछि २९ खेलबाट ५८ अंक जोड्दै लाइपजिग तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँग लाइपजगले अंकदूरी २ मा झारेको छ । ६७ अंकसहित बायर्न म्युनिख शीर्ष स्थानमा छ ।क्याटेगोरी : खेलकुदट्याग : #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न