गृहपृष्ठ ∕ विचार ∕ आरक्षणले दास बनाउँछ आरक्षणले दास बनाउँछ दीप संञ्चार साउन ६, २०७६ गते ११:४७ मा प्रकाशित बिकाश भुजेल✍️बिकाश भुजेलमेरो दृष्टिकोणमा जनजातिहरू जनजाति बाटै पिडित छन दलितहरु दलित बाटै पिडित छन ब्राह्मण, जैसी,खस उनिहरू पनि आफैमा पिडित छन ।वास्तविकताको धरातलमा उभिएर हेर्ने हो भने आरक्षणले दलित र जनजातिलाई मानसिक रुपमा कमजोर र दासी बनाएको अनुभव गर्छु । हामीले समयको माग अनुरूप हाम्रो सोच,विचारहरूलाई परिवर्तन गर्न आवस्यक छ । आजको वास्तविकता हेर्ने हो भने यो जातिय विभेद छुट्याउने भनेको समाजसेवी नाम गरेको डलरवादी फाउन्डेशन NGO,INGO एजेन्टहरू हुन जुन जातित्व र धर्मको नाममा दु:खी ,गरिब र अशिक्षित वर्गलाई प्रयोग गरेर डलरको खेती गरिराखेको छ। बुझेर हो वा नबुझेर हामी समाजलाई एउटा दुर्घटनामा परिणत गर्दैछौं । गरिब निमुखा जनता तिनका सिकार बन्दै छन्, जसले सत्ताको स्वाद लिनको निमित्त समुदाय नै दुरूपयोग गराउँदै छ । हामीमा सकारात्मक सोचको विकासको आवस्यकता छ ।हामी कतै समाजमा रहेर समाजिक दायित्व सँगै स्वार्थी बन्दैछौं । अब त हामि जातिय पहिचानको निमित्त सक्षम र सबल समाजको निर्माण गर्दै विकसित राज्यको कल्पना गर्नु पर्छ अनि विकसित राज्यसँगै हामीले हाम्रा मागहरू पाउन स्फुर्त रूपमा वातावरण निर्माण गर्नु पर्दछ । हामीले हाम्रो सक्षमतालाई चिन्ने मात्र हो भने न हामी कसैको दासी जस्तो बनिनु पर्छ न त कुन्ठित नै हुनु पर्छ। जातीय मुक्ती र स्वाधिनताको नाममा हुने आन्दोलनमा हामी प्रयोग हुन्छौं, प्रयोजनमा आउँछौं। तर एउटा निष्चित तप्काले त्यसको भरपूर स्वाद लिन्छ र हामीलाई भर्याङ्ग बनाएर सफलताको शिखरमा पुग्छ, हामी भने सडकमा उभिन्छौं उफ्रिन्छौं र आन्दोलनका नाममा कुटिन्छौं, मारिन्छौं मात्र।हामीले यदि आ-आफ्नो जातीय पहिचान र विकासमा नेतृत्वदायी भुमिका चाहेका हौं भने यो समय जातिय विभेद र धार्मिक बहस गर्ने समय होईन राज्यले प्रत्येक नागरिकलाई प्रत्यक्ष उत्कृष्ट बनाउँनको निमित्त एउटा छनौट प्रक्रियाको माध्यम हामी माझ सुम्पिएको छ। हामीहरु जातीय पहिचान, शिक्षा र आर्थिक सवलीकरणको दिशामा समान ढङ्गले उत्कृष्ट कसरी बनाउने भन्ने सूक्ष्म अध्ययन गरेर अगाडी बढ्नु पर्दछ।(लेखक गण्डकी प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष हुन्।)क्याटेगोरी : विचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएभित्र हामीजस्ता युवाहरुको आवश्यकता अपरिहार्य छ : राज रेग्मी (अन्तर्वार्ता)असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित)भनिदिनुहोस् न, एउटा हत्याको फरार अभियुक्तलाई समाउँदा कुन विधि र…निर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा